वाणिज्य विभागद्वारा २५५ फर्ममा अनुगमन, १४ लाख जरिवाना

काठमाडौं । वाणिज्य विभागले आज म्याद नाघेका तथा लेवल नलगाएका वस्तुहरु बिक्री वितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा विभिन्न ३ वटा व्यवसायिक फर्महरुलाई कारवाही गरेको छ । विभागले विभिन्न तीन व्यवसायिक फर्महरुलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको हो ।

यो सहित जेठ महिनाको २३ गतेसम्म २५५ फर्ममा अनुगमन गरि १४ लाख जरिवाना गरिएको विभागले जनाएको छ । त्यस्तै, २०७९ बैशाख महिनामा ३०२ फर्महरु लाई अनुगमन गरि १६ लाख ३५ हजार जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया