क्याम्पसको जग्गामा दादागिरी जमाउँदै निवर्तमान वडाध्यक्षले बनाए पोखरी

कालीकोट । जिल्लाको तिलाकर्णाली बहुमुखी क्याम्पसको सार्वजनिक जग्गामा पोखरी बनाइएको छ । निवर्तमान वडा अध्यक्ष महाविर पाण्डेको अगुवाईमा क्याम्पसको जग्गामा पोखरी बनाइएको हो ।

क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटाले क्याम्पसको जग्गामा पोखरी नबनाउनु भनेर बारम्बार भन्दा पनि निवर्तमान वडाध्यक्ष महाविर पाण्डेको अगुवाईमा रहेको उपभोक्ता समितिले जवरजस्ती पोखरी बनाएको बताए । क्याम्पसको कुनै निर्णय नभएरै अटेर गरि पोखरीको ढलानसमेत भइसकेको छ ।

क्यामपसको जग्गा समुदायले दिएर क्याम्पसको नाममा भइसकेको तर अहिले निवर्तमान वडाध्यक्ष पाण्डेको अगुवाईमा बनेको उपभोक्ता समितिले जवरजस्ती पोखरी निर्माण गर्न लागेको क्याम्पस प्रमुख सापकोटाले बताए । उनले भने क्याम्पससँग कुनै सल्लाह नगरी डोजरको प्रयोग गरेर पोखरी निर्माणका लागि काम थालेको प्रमुख सापकोटाको भनाइ छ ।

‘क्याम्पस परिवारलाई थाहा नदिएर विश्व विद्यालयमा निवेदन दिएका छौँ, समुदायले दिएको जग्गामा पोखरी निर्माण गर्छौँ’ भन्दै क्याम्पसमाथि दादागीरी जमाएको क्याम्पस परिवारको भनाई छ । विश्वविद्यालयबाट कुनै स्वीकृत नआएरै पोखरी निर्माणको काम भइरहेको छ ।

क्याम्पस प्रमुख सापकोटाले जग्गा दिने सहमति नभएरै निवर्तमान वडाध्यक्ष पाण्डेको अगुवाईमा बनेको उपाभोक्ता समितिले जवरजस्ती काम थालेको आरोप लगाएका छन् । नत क्याम्पसको निर्णय छ नत विश्वविद्यालयले स्वीकृत नै दिएको छ । महाविर पाण्डे वडाध्यक्ष हुँदा वडा कार्यालयमा गएर क्याम्पस परिवारले बारम्बार यो काम बन्द गर्नुहोस्, हामी जग्गा दिन्नौँ भन्दाभन्दै पनि अटेर गरेर काम थालेको आरोप क्याम्पसको छ ।

कर्णाली प्रदेश सरकार शर्सत अनुदानबाट १५ लाख रकम विनियोजन भएको थियो । गत २०७८ साल माघ २० गते वडाध्यक्ष महाविर पाण्डेले सम्झौता गरीदिनका लागि नगरपालिकाकमा सिफारिस गरेका थिए । उपभोक्ता समितिको अध्यक्षमा निवर्तमान वडाध्यक्ष पाण्डेले आफ्नै भाई सर्पराज पाण्डेलाई अध्यक्ष बनाई क्याम्पसको जग्गामा जवरजस्ती काम थालेको क्याम्पस परिवारको आरोप छ ।

क्याम्पस प्रमुख सापकोटाका अनुसार समुदायको हितका लागि जग्गा दिन सकिन्थ्यो । तर, सल्लाहबिना नै जवरजस्ती काम थालेकाले कानून बमोजिम अगाडि बढ्ने बताए । खाँडाचक्र नगरपालिका– ३ स्थित ताडी पाण्डे बृहत सिँचाई योजना निर्माण समितिको गठन भई क्याम्पस हाताभित्र पोखरी निर्माण गरेका छन् ।

माथिल्लो निकायसँग कुनै सल्लाह नगरी काम थाल्नुमा समुदाय पनि आक्रोसित भएका छन् । उपभोक्ता समिति गठन गर्दा आफ्नै नातागोतालाई बनाउने, क्याम्पसको जग्गामा जवरजस्ती पोखरी निर्माण गर्ने, क्याम्पससँग सल्लाह नगर्ने जस्ता ब्यवहारले लुटपाट गर्न खोजेको समुदायको आरोप छ ।

निवर्तमान वडाध्यक्ष महाविर पाण्डेलाई यस विषयमा बुझ्दा त्यो पोखरी क्याम्पसले पनि प्रयोग गर्ने, क्याम्पसमा पढ्ने विद्यार्थीहरुले पौडी खेल्ने, समुदायले सिँचाई गर्न पाउने भन्दै फोन काटेका थिए । १५ लाख रकममा ५ लाख पेश्की गइसकेको खाँडाचक्र नगरपालिकाले जनाएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया