रवि र बेनिशाको ‘सुन माया’

काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको ‘सुन माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित कार्यक्रममा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गोविन्द भट्टको शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको एरेञ्ज छ ।

गरिमा फिल्मस्ले तयार पारेको भिडियो निर्देशन देवेन्द्र पाण्डेको रहेको छ । सार्वजनिक भिडियोमा कलाकार शुभम आचार्य र योगिशा खत्रीको अभिनय छ । जसमा उनीहरुबीचको प्रेमलाई देखाइएको छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । गीत सार्वजनिक कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले भिडियोमा आफूहरुले फरकपन ल्याउने प्रयास गरेको बताए । उनले भने, ‘प्रायः गीति भिडियोमा उमेर पुगेका कलाकारले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवायुवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौं । भिडियोले गीतलाई न्याय गरेको छ ।’
निर्देशक पाण्डेले गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवायुवतीलाई अभिनय गराउन आफू पनि तयार भएको सुनाए । उनले भने, ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो ।

तर, गोविन्द भट्टले टिनएजका युवायुवतीलाई अभिनय गराउने प्रस्ताव राखेपछि हामीले सुभम र योगिशालाई छनोट ग¥यौ । छायांकनमा उहाँहरुलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो ।’

त्यस्तै, कलाकार आचार्यले आफ्नो बाल्यकालदेखि नै नृत्य र अभिनयमा रुचि रहेको बताउँदै अहिले त्यो सपना साकार हुँदै गएकोमा बताए । उनले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव सुनाए । योगिशाले राम्रो गीतमा राम्रो टिमसँग काम गर्न पाउँदा खुसी महसुस भएको बताइन् ।

प्रतिक्रिया