काठमाडौ । ज्योति विकास बैंकले बैंकको नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको बिहीबार उदघाटन गरी सेवा सुचारु गरेको छ । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो । विदुर नगरपालिका वडा नं. ९, नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउन्टरको उदघाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन ।
उदघाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारी,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीको उपस्थिति रहेको थियो । विस्तारित काउन्टर उदघाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउन्टरका ग्राहकको निमित्त शुन्य मौज्दातमै निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शुन्य दशमलाव २५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको पनि विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले १ सय १७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया