काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालि बीच विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाईल बैंकिग प्रयोगकर्ता,ग्राहकवर्ग तथा बैकका कर्मचारीलाई बिजनेश ग्रुप अफ हस्पिटालिटीको देशभरि संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टको खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन । बैकको १ सय ४३ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिग सेवा र १ सय १५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया