चिङ्गाडकाे कार्यपालिका सदस्यमा श्रीमान-श्रीमती नै

सुर्खेत । चिङ्गाड गाउँपालिकामा श्रीमान र श्रीमती नै कार्यपालिका सदस्यमा चुनिएका छन् । वडा नं. ५ अवलचिङ्गबाट एमालेको तर्फबाट दलित महिला सदस्यमा भुवानसरी कामीले ४६९ मत ल्याएर विजयी भएकी थिईन् । उनका श्रीमान तिलविर कामी भने १७ गते सम्पन्न कार्यपालिकाको चुनावमा दलित कोटाबाट चयन भएका छन् ।

नेकपा एमाले र माओवादीबीच माओवादीका समर विकलाई नियुक्त गर्ने भनिएपनि विभिन्न कारणले उनको सट्टामा तिलविरलाई चयन गरिएको हो ।

उनीहरु दुवै जना विगत लामो समय देखि एमालेका वडा स्तरीय राजनीतिमा सहभागि रहँदै आइरहेका थिए । यसअघि २०७४ सालमा भएको निर्वाचनमा एमाले पालिकामा कांग्रेससँग पराजित भएपनि यसपटक अध्यक्ष र उपाध्यक्ष सहित कार्यपालिका नै एमालेको बहुमतमा आएको छ ।

प्रतिक्रिया