छायाँनाथ रारा नगरपालिका विषयगत समिति गठन

मुगु । छायाँनाथ रारा नगर कार्य पालिकाको पहिलो बैठकबाट विषयगत समिति गठन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरसभा सञ्चालनका लागि प्रारम्भिक चरणमा नै विषयगत समिति गठन गर्नुपर्ने नीतिगत नियमअनुसार उक्त नगर कार्यपालिकाको बुधबार बसेको पहिलो बैठकले विषयगत समिति छ्नोट गरेको हो ।

सो विषयगत समिति संयोजकमा नगरप्रमुख विष्णुकुमार भामले मनोनित गरि नगर कार्यपालिकाको बैठकको बहुमतले पारित गर्दै विषयगत समितिका संयोजक छनोट गरिएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

विषयगत समितिमा बजेट तथा सीमा निर्धारण समितिको संयोजकमा नगरप्रमुख कुमार भाम, सदस्यमा उपप्रमुख ऐश्वर्य मल्ल, वडाध्यक्ष राजेन्द्र कामी, वडाध्यक्ष लक्ष्मीप्रसाद भाम, कार्या पालिका सदस्य सन्चौरा कामीलाई छनोट गरिएको छ ।

योजना अनुगमन समितिको संयोजकमा नगर उपप्रमुख ऐश्वर्य मल्ल, सदस्यमा कर्णबहादुर रावल, राती कार्की, कार्यपालिका सदस्य अविसरा नेपालीलाई छनोट गरिएको छ ।

त्यसैगरि न्यायिक समिति संयोजकमा नगर उपप्रमुख ऐश्वर्य मल्ल, वडाध्यक्ष नन्दबहादुर रावल, वडाध्यक्ष कुन्जुमा कुमाइलाई छ्नोट गरिएको नगरप्रमुख विष्णु कुमार भामाले जानकारी दिए ।

यसैबीच आर्थिक विकास समिति संयोजकमा कार्यपालिका सदस्य रमाईली बुढा, सामाजिक विकास समिति संयोजकमा वडाध्यक्ष जुनबहादुर खड्का, पुर्वाधार विकास समिति संयोजकमा वडाध्यक्ष गगनबहादुर शाही, वन वातावरण तथा विपद व्यवस्थापन संयोजकमा कार्यपालिका सदस्य बलराम साहनी, सुशासन तथा संस्थागत विकास समिति संयोजकमा वडाध्यक्ष विरबहादुर खड्कालाई छनोट गरिएको नगरप्रमुख भामले बताए ।

उनले विभिन्न कार्यक्रम सभा सञ्चालनको लागि कार्यपालिका सदस्यबाट पदमराज मल्ललाई नगर प्रवक्तामा चयन गरिएको बताए ।

प्रतिक्रिया