नगर उपप्रमुख मल्लले गरिन् पदभार ग्रहण

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्य मल्लले पदभार ग्रहण गरेकी छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट नगर उपप्रमुखमा विजेता भएकी मल्ले बुधबार पदवाहाली गरेकी हुन् ।

पदवहाली लगत्तै मल्लले आफ्ना घोषणाप्रत्रमा भएका प्रमुख दईवटा संकल्पलाई तीन महिनाभित्र कार्यान्वयन हुने गरि काम गर्ने बताईन् ।
विशेष गरेर स्वावलम्बी महिला र महिला उद्यमी स्वरोजगार स्थापानाकोष स्थापाना गरि ब्यापकरुपमा रोजगार सृजना गर्ने उनले प्रतिबद्धता जनाइन् ।

साथै, उपप्रमुख मल्लले महिलाको समस्यालाई मध्यनजर गर्दै छायाँनाथ रारा नगरपालिकाका हरेक कार्यालय तथा सबै सार्वजानिक कार्यालय वा संस्थामा स्तनपानकक्ष, महिला शौचालयको निर्माण तीन महिनाभित्र पुरा गर्ने बताइन् ।

छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले यसअघि नै पदवहाली गरिसकेका छन् । तर, नगर उपप्रमुख मल्लको भने विविध कारणले पदवहाली भएको थिएन । बुधबार विधिवत रुपमा नगर उपप्रमुखको पदवहाली भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया