स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेजलाई ३० लाख सहायता

काठमाडैं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ नेरु ३०.३६ लाख रुपैयाँ (युएस डरलर २५,०००) सहयोग प्रदान गरेको छ । किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ ।

परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ र यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ । परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनकालागि बैंकको विश्वव्यापीपहल ‘फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड’ संग मिल्दो जुल्दो छ ।
सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सिइओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया