कुमारी बैंकको ऋणपत्र

काठमाडौ । कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र ल्याउने भएको छ । सो क्रणपत्र विक्रिका लागी बैकले सिद्धार्थ क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ ।

बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिवेन्चर प्रति कित्ता अंकित मूल्य १ हजार रुपैयाको दरले ३० लाख लाख कित्ता गरी तीन अर्ब रुपैया बराबरको ऋणपत्र बैंकले निष्काशन गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन ।
नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै उच्चतम व्याजदर दिने मध्येमा सो ऋणपत्र पर्दछ । वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफल सहितको यस ऋणपत्र बाट खरिदकर्ताले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया