पथरी र इनरुवामा सेञ्चुरी बैंकको शाखा

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मोरगको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवतीरोडमा इनरुवा शाखा बाट सेवा प्रारम्भ गरेको हो ।

पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन । कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंकका कर्मचारी तथा स्थानीयबासीको उपस्थिति रहेको पनि उल्लेख छ । इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुत्त रुपमा उदघाट गरेका हुन ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद नाफा आर्जन गरेको पनि विज्ञप्तिमा उल्लेख छ । यो गत बर्षको सोही अवधिको तुलनामा १ सय ८३ दशमलव ५९ प्रतिशत बढी हो ।

प्रतिक्रिया