बिओकोको प्रिमियम प्लस बचत खाता

काठमाडौ । बैंक अफ काठमाण्डु लिमिटेड (बिओके)ले बिओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । उक्त खातामा हाल बैंकिग क्षेत्रमा साधारणतया बैंकले बचत खातामा ग्राहकलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निशूल्क सुबिधा रहेको पनि बैकले जनाएको छ ।

‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस खातामा ग्राहकले ८ दशमलव शुन्य ३ प्रतिशतको उच्चतम ब्याजदर पाउने उल्लेख छ ।साथै, १० हजार रुपैयाको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकलाई थुप्रै निःशुल्क बैंकिग सेवाको ब्यवस्था रहेको छ ।

प्रतिक्रिया