संखुवासभामा सुख्खा पहिरोले २ मजदुर पुरिए

संखुवासभा । चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोले दुई जना पुरिएका छन् । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् । स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया