नेपाल बैक र विन्धबासिनी विकास समितिबीच सहकार्य

काठमाडौ । नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच आपसी सम्बन्धलाई वित्तीय कारोबारहरू मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको उपस्थितिमा सम्पन्न भएको उक्त सम्झौता पत्रमा समितिका तर्फबाट अध्यक्ष एवं वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

समझदारी पश्चात विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्ने उल्लेख छ । बैंकको हाल मुलुकभर २ सय १७ शाखा, १ सय ७९ एटिएमका साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पु¥याइ रहेको पनि उल्लेख छ ।

प्रतिक्रिया