काठमाडौ । कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेशको लम्की चुहा नगरपालिका स्थित लाल रत्न अस्पताल बिच बैंकका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थ्यउपचार सम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकलाई सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी बैकका डेबिट,क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
बैंकले आफ्ना देशव्यापी १ सय ९७ शाखा सञ्जाल, १ सय ८१ एटिएम, ४२ शाखारहित बैंकिग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिग सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको पनि उल्लेख छ ।
प्रतिक्रिया