लुम्बिनी बैंकद्वारा मेडिकल उपकरण हस्तान्तरण

काठमाडौ । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ बराबरको मेडिकल उपकरण हस्तान्तरण गरेको हो ।

सोमबार एक कार्यक्रमका बीच बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष राणाले बेलाबखत विभिन्न बैंकबाट हुने सहयोगले अस्पताललाई ठूलो राहत मिलेको बताए । उनले आगामी दिनमा पनि बैंकबाट सहयोग हुने अपेक्षा गरे । अध्यक्ष राणाले आँखासम्बन्धी समस्या भए त्यसलाई गम्भिरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए ।

बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले सेवाको भावनाले उत्पे्ररित भएको अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले आगामी दिनमा पनि अस्पतालसँगको सहयात्रालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

अस्पतालका निमित्त चिफ मेडिकल डाइरेक्टर सह–प्राध्यापक डा.कबिन्द्र बज्राचार्यले अस्पताललाई सबै आवश्यक उपकरण किन्न नसक्ने आवश्यकता रहेकोमा अवस्थामा बैंकले सहयोग गर्नु सराहनीय रहेको बताए । उनले सेवाको लागि अगाडि बढेको अस्पताललाई बैंकले दान गरेर ठूलो सहयोगको काम गरेको धारणा राखेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया