विमान दुर्घटनाग्रस्त क्षेत्र लेतेमा शनिबारदेखिनै लगातार वर्षा

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा दुर्घटना भएको मुस्ताताङको लेते क्षेत्रमा शनिबारदेखि लगातर वर्षा भइरहेको स्थानीय संवादादाताहरुले बताएका छन् ।

त्यसैगरी आईतबार बिहान पोखरा आसपासमा मौसम (भिजुविलिटी) राम्रो रहेको तर बीचमा बादल र कुहिरो लागेको थाहा भएको छ । घटनास्थल पत्ता लगाउन र खोजी कार्य गर्नका लागि भरखरै काठमाडौंबाट नेपाली सेनाको जाहाज त्यसतर्फ लागेको बताइएको छ ।

विमानमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । सो विमान मुस्तङ वासपासमा दुर्घटना भएको आशंका छ। स्थानीयवासीले ठूलो आवाज आएको र धुवाँको मुस्लो आएको बताएका छन् ।

धौलागिरी हिमाल आसपसामा दुर्घटनाग्रस्त भएको हुन सक्ने भएकोले खोजी कार्यका लागि त्यसतर्फ हेलिकोप्टर पाठाइएको छ । तर, खराब मौसमका कारण हेलिकोप्टर फर्केको थाहा भएको छ । दुर्घटना भएको आशंका गरिएको क्षेत्रमा अहिले पानी परीरहेको छ ।

प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ । ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालक दलका ३ सदस्य पनि छन् ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो । पटक–पटक विमान दुर्घटना हुने क्षेत्र मुस्ताङको लेते काठमाडौं, आइतबार तारा एआरको विमान दुर्घटना भएको मुस्ताङको लेते क्षेत्र यसभन्दा अघि पनि पटक–पटक विमान दुर्घटना हुने पहाडका रुपमा स्थानीयले चित्रित गरेका छन् ।

अहिले त्यस क्षेत्रमा बाक्लो हुस्सु लागिरहेकोले खोजीका लागि जोमसोमबाट आएका जाहाज तथा हेलिकप्टर फिर्ता भएको बताइको छ ।

प्रतिक्रिया