शिशुपालकै नियतिमा घनश्याम भुसालको गति

प्रा. डा.बद्रीविशाल पोखरेल

भुसाल एमाले पार्टीका सबै भन्दा ठूला बैरी हुन् । जीवाणु र विषाणुको संघर्ष त चलिरहन्छ तर भुसाल जस्ता विषाणु अब अति भयो र धेर भयो । यस्तो विषाणुले यो पार्टी समाप्त पार्न सक्ने खतरा हुनसक्छ । किन भने एमालेका शत्रुहरु देश बाहिर पनि छन् र ती यस पार्टी भित्रका खसी कति कतिमा कहिले किन्न सकिन्छ भनी दाउ लगाइरहेका छन् । कुन कुन खसी कतिबेला बिक्री हुन्छन् यस लेखकलाई राम्ररी थाहा छ । अझ खसीका ठेकेदारलाई पनि यस लेखकले चिनको छ ।

केही समय अघि हिमालय टेलिभिजनको एक अन्तर्वार्तामा एमाले नेता घनश्याम भुसाल पार्टी अध्यक्ष के.पी. शर्मा ओली विरुद्ध अत्यन्त तुच्छ स्तरको फरेबी आरोप लगाउँदै थिए । भुसाल आफ्ना गैर माक्र्सवादी तथा गैर एमाले चिन्तन र चरित्रका कारण आफ्नै जिल्लामा एक्लिएका छन् । टीभी पत्रकारले अत्यन्त होनहार प्रतिभाशाली नेता भनिएका भुसाल अझ फुर्किएर पार्टी विरोधी हरकत ओकल्दै थिए । उनले ओलीले पार्टीमा कोतपर्व मच्चाउन सक्छन् सम्म भने । यसको अर्थ के रहेछ भने शिशुपालले १०० अपराध गरेपछि श्रीकृष्णले तिनलाई समाप्त पारेझैँ भुसालले आफूले पार्टी विरोधी सय अपराध गर्दा कार्यवाही हुने डरबाट आत्तिएको स्पष्ट हुन्छ । हुन पनि धेरै पहिलेदेखि भुसालको नसनाडी छामिरहेको यस लेखकको निष्कर्ष भुसाल एमाले पार्टीका सबै भन्दा ठूला बैरी हुन् ।

जीवाणु र विषाणुको संघर्ष त चलिरहन्छ तर भुसालजस्ता विषाणु अब अति भयो र धेर भयो । यस्तो विषाणुले यो पार्टी समाप्त पार्न सक्ने खतरा हुनसक्छ । किन भने एमालेका शत्रुहरु देश बाहिर पनि छन् र ती यस पार्टी भित्रका खसी कति कतिमा कहिले किन्न सकिन्छ भनी दाउ लगाइरहेका छन् । कुन कुन खसी कतिबेला बिक्री हुन्छन् यस लेखकलाई राम्ररी थाहा छ । अझ खसीका ठेकेदारलाई पनि यस लेखकले चिनको छ । एउटा डाक्टरले रोग पहिचान गरेको हुन्छ । सम्बन्धित जिल्लाका आम कार्यकर्ताले बेलैमा यस्ता चरम अराजक अनुशासनहीन भुसालजस्ता नेतालाई ¥याख¥याख्ती पार्न सकेनन् भने यिनको बिक्री बट्टा निश्चित देखिन्छ , । भुसालले जस्तो ओलीको खेदो पाइलो त शत्रु ले पनि गर्दैनन् र गरेका छैनन् । साथीको बात नहसने तर शत्रुको लात सहने बानी परेका भुसाल धेरै उम्लिए अब ती भुइँमा होइन रछ्यानमा पोखिन मात्र बाँकी छ ।

स्थानीय निर्वाचनमा पहिलो शक्तिका रुपमा एमाले विजयी हुन नसक्नुमा ओलीको मात्र दोष देख्ने भुसाल आफ्नू अपराध देख्दैनन् । भुसालले ओली सरकारले देश, जनता र जनजीविकाका सबालमा गरेका कैयौँ महत्वपूर्ण काम पहिले त देखेनन् र भनेनन् , निर्वाचन सामु आफ्ना निर्वाचन क्षेत्रमा चरम र सरमलाग्दो रिस र डाहले बोलेनन् । यस्ता खोटी व्यवहारले पार्टी प्रति जनविश्वास बढाउन सकिँदैन । आफ्नो पार्टी र अध्यक्षलाई भरमार गाली गरेर र सरापेर आफ्नू अस्तित्व सुरक्षित हुन्छ ?
आफू उभ्भिएको भुईँ खोस्रिएपछि उभ्भिने ठाउँ कहाँ पाइन्छ ? यस्ता कालिदासे प्रवृत्ति अब अति भयो,यस्ता विजतीय तत्वको चिरफार अब जरुरी भइसक्यो । आकाशतिर थुकेर आफ्ना थाप्लामा फूलको वर्षा हुन्छ ? भुसाल गठबन्धन सरकारले गरेको चरम धाँधली किन देख्दैनन् ? किन देख्दैनन् भने यी दुवैको कुटकलुषित स्वार्थ एमाले कमजोर पार्नु रहेको छ ।

निर्वाचनकाम क्रममा रुकुम र ताप्लेजुङ लगायत विभिन्न जिल्लामा निर्वाचनका क्रममा एमाले कार्यकर्ता मारिएको र सयौँको संख्यामा घाइते पारिएको भुसाल देख्तैनन् । इटहरीमा उपप्रमुखमा उम्मेद्वार भएका गठबन्धन अर्थात् माकुने गुटका नेता केशव बिस्टले आफ्ना छोरा कैलाश बिस्ट सहित तीन जनालाई लगाएर एमाले प्रदेश १ क सचिवालय सदस्य तथा निर्वाचन परिचालन समितिका सहसंयोजक हिमाल सुवेदीलाई दिनदाहाडै म।रणासन्न हुने गरी कुटे ।

आफ्ना पार्टीका नेता कार्यकर्ता मारिएको र घाइते भएकामा कत्ति पनि चिन्ता नगर्ने भुसाल किमार्थ एमाले हुनसक्तैनन् । भुसाल जस्ता एकाध नेता एमालेको खोल ओढेर एमाले सिध्याउन न्वारानदेखिको बल लगाउनेहरु देखिए । भुसाल जस्ता नेताले नितान्त निजी स्वार्थलाई केन्द्रमा राखेर पार्टीको बदनाम गरिरहेका छन् । गठबन्धन दल र बाह्य शक्तिका आदेश र इसारामा चल्ने नेता एमाले नेता होइनन् । प्रतिक्रियावादीको भरिया भएर एमाले पार्टीको नेता हुन सुहाउँदैन । जबजको च्याप्टर क्लोज गर्ने भुसाल एमाले हुन् भन्न सकिन्न ।

एमालेमा महासचिव शंकर पोखरेल र उपसचिव प्रदीप ज्ञवाली लगायत नेताहरु छन् । ओलीको आँखा छली अनेक खेलखाल नगरी सबै नेताले जबज अन्ुसार चल्ने हो भने यो पार्टी यथाशीघ्र सच्चिन र सच्याउन सकिन्छ । तीन स अर्थात् सिद्धान्त, सिर्जना र संगठन जस्ता त्रिआयामले मात्र जबज अनुसारको सक्षम नेता हुनसकिन्छ । पार्टी भित्र सकारात्मक इष्र्या गर्दा मात्र आफू सहित पार्टी सप्रिन्छ । पोखरेल र ज्ञवालीको रिस गरेर आफुलाई अरु पातलो बनाउने काम कसैले नगरुन् , जबज अनुसार चलून् ।
पार्टी एकता पछि झण्डैझण्डै दोस्रोपटक किड्नी फेर्दा र एपेण्डिसाइड फुटेर जीवन मरणको दोसाँधमा ओली पुग्नु भएको थियो । दाहाल नेपाल जस्तो नितान्त निजी निहित निकृष्ट सत्ता र सरकार स्वार्थ भन्दा धेरै माथि उठेर देश र जनतालाई ओलीले राखेको यसै पनि स्ष्ट हुन्छ । १५ वर्ष र ३२ वर्ष पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका दाहाल र नेपालले एक कार्यकाल पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेर राम्रो काम गर्दा गर्दै बीचैमा उहाँलाई त्याग गर्नुपर्छ मात्र भनेनन् उल्टै असमयमै हटाउन खोजेको दुर्नियत स्पष्ट भएकै छ ।

पार्टी एकता गर्दा ओलीले आफ्नो गुटगत संकीर्ण स्वार्थ हेर्नु भएन । उहाँले दाहाल र नेपाल समूह मिल्दा आफू अल्पमतमा पर्न सक्छु भन्ने जानी बुझी पनि पार्टी एकता गर्नुको एउटै र मूल कारण हरेक प्रतिकूलतालाई देश र जनताका हितमा बदल्ने सोच हो । जे जति अवसर प्राप्त हुन्छ ,देशको उत्थानमा भरपूर प्रयोग गर्ने ओलीको उच्च र उदात्त ध्येय हो । यसरी इमान्दारिताका साथ काम गर्दा जुनसुकै लबीका नेता र कार्यकर्ताले अवश्य सहयोग गर्छन् र गराउन सकिन्छ भन्ने ओलीको आत्म विश्वास पनि हो ।

भुसालले टीभी अन्तर्वार्तामा ओलीले दुई–दुई पटक गरेको संसद् विघटन गरेको मुद्दाई शीर्ष स्थानमा राखेर खेदोपाइलो गरेका छन् । भुसाल कमरेड, कहिले काहिँ परिणामले पहिले गरेका कामहरुको औचित्य सिद्ध गरिदिन्छ । तर पनि भु्साल संसद् विघटन बारे पार्टी अध्यक्षलाई कपटपूर्वक दोषारोपण गरिरहेका छन् । प्रतिक्रियावादीहरु कसरी आउँछनु् र आउँदैछन् भन्ने कुरा जसकसैले कहाँ बुझ्छ र ? ब्राजिलमा जनप्रिय बाम नेता,निस्कलङक छवि भएका राष्ट्रपति दिल्मा सफेललाई त्यहाँका महाभ्रष्टाचारीले निराधार भ्रष्टचारको अभियोग लगाए । पछि उनले सफाइ पाए पनि प्रतिक्रियावादीका कारण जनमानसमा केही दिन भ्रम छरियो नि । त्यसै गरी लुलाको राष्ट्रतिको उम्मेदवारी नै त्यहाँको अदालतले रद्द गरिदियो । त्यसैले बुर्जुवाहरु र तिनका मतियारहरु कतिसम्म सिल्पट हुन्छन् भन्ने कुरा बुझ्नेले बुझ्छन् ।

यस्ता कुरा कुनै कितावमा लेखेको हुँदैन अनि बौद्धिक भनिने नेताले कितावमा लेखे बाहेक पढ्दैन र बुझ्दैन पनि । अनि त्यस्तो बुद्धिजीवीलाई बुझाउन खोज्दा पनि उसले तत्काल बुझ्दैन । उसलाई बुझेँ भन्न उसको अहंले दिँदैन तर जब समय क्रममा उसको नाकै भाँचिन्छ अनि मात्र बुझ्छ तर भुसाल जस्ता अहंकारी नेता भने आफूले जे बुझेको छ त्यसैका लागि प्राण त्याग गर्न बेर लगाउँदैनन् । अदालतको परमादेशबाट नियुक्त वा टिके प्रधान मन्त्री बने बनाएकामा भुसाल किञ्चित चिन्ता गर्दैनन् । प्रतिक्रियावादीले के के समम गर्छन् भन्ने राम्ररी बुझेर संसद् विघटन गर्न बाध्य भएको स्थिति हो । फेरि यस खालका काम गर्न गराउन दाहाल नेपाल भने ओली सरकार गठन भएको भोलिपल्टैदेखि ज्यान पालेर लागिपरेको यस लेखकसित तिथि मिति सहित तमाम अभिलेख कपीमा सुरक्षित छ । किनभने प्रतिपक्षी भन्दा चर्को स्वरमा ओली सरकारका विरोधी दाहाल र नेपाल लागेका थिए । यसमा भुसालको मन्त्री हुनुभन्दा अघिको ओली विरोधी बोली र वचनको तुच्छता निम्न स्तरकै थियो । तर भुसाल किन आफ्नो आङ कन्याएर छारो उडाउन अझै उद्यत छन् ? यो खोजीको विषय हो ।

भुसाल किन परचक्री झैँ पार्टीकै विरुद्ध तथानाम गर्छन् किन ? माओले जनता, सिद्धान्त र नेतृत्वमा विश्वास अनिवार्य हुनुपर्छ भन्नु भएको छ र यस्ता सदस्यको पार्टीमा कुनै काम छैन पनि भन्नु भएको छ । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी भनिने पार्टी स्थायी समितिका सदस्यको यस खालको अत्यन्त सतही पार्टी विरोधी आक्षेपपूर्ण बोली वचनले प्रोत्साहन पाउने हो भने पार्टीमा भाइरसको चलखेल बढ्नेछ ।


कुनै पनि विषयको मूल्याङ्कनका माक्र्सवादी आधारहरु छन् । ती आधार वस्तुनिष्ठ पनि छन् । तिनले सापेक्षता, पूर्ण र अंश जस्ता आधारमा मूल्याङ्कन गर्ने गर्छन् । यसरी गरिएको मूल्याङ्कन मात्र सही हुन्छन् । भुसालको जस्तो मनगढन्ते लेख लेख्न माक्र्सवादी हुनै पर्दैन । यस्ता लेखोट सामान्य र सतही लेखन्तेले नै लेखिहाल्छ नि । यो लेख लेखेको भन्दा पनि लेखाएको आभास यस लेखकलाई भएको छ । किनभने क्षणिक सोचको मानिस सर्वनाश हुनु भन्दा प्राणको रक्षा गर्न चाहन्छ । भनिन्छ नि डुब्न लागेको मानिसलाई त्यान्द्रोको सहारा । ठीक त्यस्तै दाहाल र नेपाललाई अहिले प्राणरक्षाको चिन्ताले सताएको हुनुपर्छ । यसका लागि भुसाल लेख लिएर देखापरेका हुनसक्छन् । तर यस्ता संवेदनशील विषयमा ओली सितै दाहाल र नेपालले जम्लाहात गरेर माफ मागे भइगयो । विचौलियाको प्रयोग यसमा फलिफाव हुँदैन । किनभने सदावर्त दलाली मात्र गरेर आन्दोलन र क्रान्तिलाई घाटा पार्ने विचौलियाको अब काम छैन ।

२४ लाख कारोना खोप सरकार आफैँले हराएको भनिएकामा भुसाल किन बोल्दैनन् । भुसाल महाकाली नदीमा बगाएर भारतीयका कारण मारिएका जयसिंह धामीका बारेमा गठबन्धन सरकारको नियत प्रति किन मौन बन्छन् ? महाकाली नदीमा भारतीय सरकारले एक तर्फी तटबन्ध बनाएको बारे भुसाल किन बोल्न अनकनाइ रहेकाछन् ? महाकालीको आकाशमा भारतीय सैनिक हेलिकेप्टरले चार फन्का लगाउँदा भूसाल चुप्प लाग्छन् तर ओलीको अनुहार देख्ने बित्तिकै टुप्पीबाट धुवाँ छुटाउँछन् । भारत अनुकूल वा कन्फर्टेवल गठबन्धन सरकारका तमाम देश र जनता विरोधी कामका विरुद्ध भुसाल मौन बस्न रुचाउँछन् । र उल्टो आफ्नै पार्टी र नेतृत्वको सदा खेदो खन्न किन रौसिन्छन् ।

कारण नभई कार्य हुँदैन । यसमा सैद्धान्तिक कारण पटक्क छैन, केही प्राविधिक गुप्तगु कारण हुनुपर्छ तमाम पार्टी कार्यकर्ताको मन पोल्ने तर प्रतिक्रियावादीलाई खुसी पार्न यस्ता लेखहरु फोकटमा भुसाल बोलीरहेका छैनन् । यस्ता अराजक विषय पार्टी वा कार्यकर्ताले ठाडो. कार्यवाहीको विषय बनाउनु पर्छ । एमाले बचाउने कार्यकर्ता हुन् भने कुनै पनि खाले आग्रह नराखी बेलैमा भुसाल प्रवृत्ति विरुद्ध गम्भीर बन्नुपर्छ ।

प्रतिक्रिया