बुटवलकाे ताजा अपडेट

बुटवल । बुटवल उपमहानगरपालिकामा १७ वटा वडाको मतगणना गर्दा सत्ता गठबन्धनले मतान्तर बढाउँदै लगेको छ । मेयरमा कांग्रेसबाट खेलराज पाण्डेले २३४३३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७०३९ मत ल्याएका छन् ।

राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले ३५१० मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी सावित्रा देवी अर्यालले १८८७५ मत पाएकी छन् भने सत्ता गठबन्धनका उम्मेदवार चिनबहादुर गुरूङले १३४१९ मत ल्याएका छन्। राप्रपाकी भगवती पाण्डेले ५२५४ मत ल्याएकी छन् । अब वडा नम्बर ११ को १०३५५ र वडा नम्बर १२ को ४२८० मतगणना हुन बाँकी छ ।

प्रतिक्रिया