बुटवलमा कांग्रेस र एमाले बीचकाे मतान्तर ६ हजार २५२

रूपन्देही । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ । जारी मतगणनामा बुटवलका प्रमुख पदका उम्मेदवार कांग्रेस नेता खेलराज पाण्डेले मतान्तरलाई फराकिलो बनाएका हुन् ।

बिहीबार बेलुकासम्ममा कांग्रेसका खेलराज पाण्डेयले २२ हजार ७७२ र नेकपा एमालेका बाबुराम भट्टराई १६ हजार ५२० पाएका छन् । कांग्रेस र एमाले बीचकाे मतान्तर ६ हजार २५२ पुगेको छ ।

उपप्रमुखमा एमालेकी सावित्रा अर्यालको अग्रता छ । अहिलेसम्म गणना भएका वडामध्ये १०, १४, १९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो ।

त्यस्तैगरी २ मा समाजवादी, ३ मा माओवादी केन्द्र ४, ५, ६, ७, १५, १६ र १७ मा काँग्रेसले जितेको छ ।

१९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७,१०,१४ १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं ८,९,११ र १२ को मतगणना जारी छ ।

प्रतिक्रिया