२ सय ८३ स्थानीय तहको सेवा बन्द हुने

काठमाडौं । मत गणना र निर्वाचन हुन बाँकी रहेका र २०७४ साल बैशाख ३१ गते निर्वाचन भएका स्थानीय तहको ३५ सेवा बन्द हुने भएका छन् । निर्वाचन आयोगले मतगणनमा ढिलाई गरेका कारण यी सेवा बन्द हुने भएका हुन् ।

२०७४ सालमा भएको निर्वाचनमा बैशाख ५ लाई शुरु अवधी गणना हुन्छ । सो अवधीको ५ बर्ष भित्र औपचारिक रुपमा पदपुर्ति नभएमा सो स्थान स्वतः रिक्त भएको मानिन्छ । अहिले गणना भएर सपथ नलिएका स्थानीय तह स्वतः रिक्त मानिन्छन् ।

निर्वाचन आयोगले गणनमा ढिलाई गरेका कारण ती तहका सेवा बन्द हुन लागेका हुन् । नेपालको संविधानले जनप्रतिनिधिबिहीन स्थानीय तहको परिकल्पना गरेको छैन।

प्रतिक्रिया