मुगुको सोरु गाउँपालिकाकाे अध्यक्षमा समाजबादी र उपाध्यक्षमा कांग्रेस बिजयी

मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालिकामा अध्यक्ष नेकपा एकिकृत समाजबादी र उपाध्यक्षमा कांग्रेस बिजयी भएका छन् । नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्षका उम्मेदवार धर्मबहादुर शाहीले ४ हजार ५५ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका डिल्लीप्रसाद भट्टले १ हजार ८ सय ८९ मत प्राप्त गरि पराजित भएका छन । भट्ट भन्दा शाहीले २१ सय ६६ मतको अन्तरमा जित हासिल गरेका छन ।

उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाहीले ४ हजार २ सय ३ मत ल्याएर बिजयी भएकी छन् । भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी डिलकली शाहीले ९ सय ६८ मत प्राप्त गरि पराजित भएकी छन् । ३२ सय ३५ मतको अन्तरमा शाहीले डिलकलीलाई पछि पारेर बिजयी भएका हुन् । सोरु गाउँपालिकामा कांग्रेस, माओबादी र एकिकृत समाजबादी पार्टीले गठबन्धन गरि चुनाव लडेका थिए । एकिकृत समाजबादीलाई अध्यक्ष कांग्रेसलाई उपाध्यक्ष र माओबादीलाई ५ वडाअध्यक्षको भागबण्डा गरि चुनाव लडेका थिए । मुगुको चार वटा स्थानीयतहको मत गणना सम्पन्न भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया