गौतम बुद्ध विमानस्थलमा जजीरा एयरको उडान सुरु

काठमाडौँ । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको छ । यसबाट मध्य–पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्ने अपेक्षा गरिएको छ ।
यो नेपालमा जजीराको दोश्रो उडान सेवा हो । जसले नेपालको तराई क्षेत्रमा बढ्दै गईरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ । गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा गत १ जेठबाट उडान सेवा शुरु भएको थियो ।

नयाँँ हवाइ रुटको बारेमा जजीरा एयरवेजका भाईस प्रेजिडेन्ट रविन्द्रन भाराथनले जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँँ–नयाँँ गन्तव्य थप्दै गईरहेको बताएका छन । कुवेत र मध्य–पुर्वको प्रत्यक्ष धावन मार्गले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाई छ । अब नेपाली एवं विदेशी पर्यटकलाई पनि विदेशबाट सिधै तराई जान सजिलो भएको भारनाथनले बताए ।

आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका अध्यष रवीचन्द्र सिंहले ७४वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्र्तराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन आउने बताए । यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पु¥याउनेछ । जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया