काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालकाे गृहपालिका रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । नगरपालिकाको मेयरमा ५ हजार ७९५ मतका साथ शम्भु साह विजयी भएका हुन् । उनी निकटतम प्रतिद्वन्द्वीसँग २ हजार ३४६ मतको अन्तरले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजयकुमार गुप्ताले ३ हाजार ४४९ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा पनि नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार शैलकुमारी साह ४ हजार ३९९ मत ल्याएर विजयी भईन् । उनी निकटतम प्रतिद्वन्द्वीसँग ९९५ मत अन्तरले विजयी भईन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शहजान खातुनले ३ हजार ४६० मत प्राप्त गरिन् ।
प्रतिक्रिया