‘सुपर डान्सर’ हुने

काठमाडौं । नेपालमा नृत्यप्रेमी बालबालिकाप्रति लक्षित गरी ‘सुपर डान्सर’ आयोजना हुने भएको छ । भारतको सर्वाधिक रुचाइएको टेलिभिजन रियालिटी ‘सो’ को नेपाल भर्सन पनि आयोजना हुने भएको हो । एडी रिलिजले यसको फ्रेन्चाइको आधिकारिक रुपमा ‘सुपर डान्सर नेपाल’ गर्ने भएको हो ।

विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रसारण गर्दै आएको एडीले बालबालिकाको प्रतिभा प्रदर्शन गराउने लक्ष्य राखेर प्रतियोगिता गर्न लागेको हो । नेपालका मुख्य सहर पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज, काठमाडौं र नेपाल बाहिरका नेपाली भाषीमाझ समेत प्रारम्भिक अडिसनमार्फत प्रतियोगी छान्ने आयोजकले जनाएको छ । सहभागी हुन चाहनेले प्रारम्भिक अडिसनमार्फत सहभागिता जनाउन सक्नेछन् ।

नेपालमै नृत्यमा भविष्य खोजिरहेका प्रतिभाप्रति लक्षित गर्दै प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ । १२ जना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहने छन् । साथै प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले सघाउने छन् । सुपर जज, सुपर गुरु र सुपर प्रतिभाको प्रस्तुतिले सोको रोमाञ्चकता थप्ने आयोजकले विश्वास लिएको जनाएको छ ।

‘सुपर डान्सर नेपाल’ को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समूह पनि समेटिएका छन् । सो हरेक बिहीबार र शुक्रबार कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुनेछ । आयोजक एडीका अनुसार सो ३० भाग निर्माण हुनेछ । एडीका कम्युनिकेसन्स् म्यानेजर रश्मि अग्रवालले एक प्रेस विज्ञप्तिमार्फत नेपाली प्रतिभाका लागि सो अवसरको मञ्च भएको बताएकी छन् ।

प्रतिक्रिया