काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) ले पालिका प्रमुखमा खाता खोलेको छ । प्युठानको मल्लरानी गाउँपालिकामा कांग्रेससँग गठबन्धन गरेर अध्यक्षमा उम्मेदवार बनेका राजमोका कृष्णबहादुर खड्का विजयी बनेका हुन्।
खड्काले ३ हजार ५७६ मत पाउँदा उनका निकटतम् प्रतिश्पर्धी एमालेका शिवराज श्रेष्ठले ३ हजार ८९ मत पाएका छन् । गाउँपालिका अध्यक्षमा दुई जनाको मात्र उम्मेदवारी परेको थियो ।
उपाध्यक्षमा गठबन्धनबाटै कांग्रेसका रमेशकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ३ हजार ३९१ मत पाउँदा निकटतम् प्रतिश्पर्धी एमालेकी इश्वरा आचार्यले ३ हजार ८२ मत पाएकी छिन् ।
उपाध्यक्षमा भने माओवादी केन्द्रले पनि उम्मेदवारी दिएको थियो । माओवादी केन्द्रकी रुकमिणी भट्टराईले ३३१ मत पाएकी छिन् ।
प्रतिक्रिया