काठमाडौं । गायक एनिस एञ्जल राईको शब्द, संगीत तथा स्वर रहेको ‘कसले सक्छ र खुशी दिन’ गीत सार्वजनिक भएको छ । गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बू ‘सुब्बा’ को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा मास्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क) को पाश्र्व संगीत छ । ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायांकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ । ज्ञानु झाको कला रहेको भिडियोको पोस्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया रहेको छ ।
भिडियोमा सविता खड्का र प्रेम शर्माको रोमान्सलाई देखाइएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिएका छन् । सविता खड्का ‘गरिमा’ टेलिशृंखलाकी प्रमुख कलाकार हुन् । उनी सो शृंखलाकी लेखक, निर्देशक तथा निर्मातासमेत रहेकी छन् ।
प्रतिक्रिया