संयुक्त राष्ट्र संघका महासचिव मस्कोमा

मस्को । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस मंगलबार मस्को गएका छन् । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गर्न गुटरेस मस्को पुगेका हुन् । वार्ता रुसी घेराबन्दीमा रहेको बन्दरगाह सहर मारिउपोलको मानवीय करिडोरमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

महासचिव गुटरेसले रुसी विदेशमन्त्री लाभरोभलाई युद्ध अन्त्य गर्नैपर्ने बताएका छन् । उनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्भव भएसम्म सबै प्रयास गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पुटिनसँग पनि आजै भेटवार्ता गर्न लागेका गुटरेसले आफूले वार्ता, युद्धविराम र अन्ततः शान्तिका लागि परिस्थिति निर्माण गर्न सहयोग गर्न चाहेको बताए । ‘सक्दो चाँडो युद्धविराम आवश्यक छ,’ उनले भने । रुस–युक्रेन युद्धमा संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भनी आलोचना हुने गरेको छ । किभ भ्रमण गर्नु पहिले मस्को गएको भनी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महासचिव गुटरेसको आलोचना गरेका थिए ।

प्रतिक्रिया