धादिङकाे जुँगेखोलामा बस र कार ठाेक्किँदा ५ जनाकाे ज्यान गयाे

धादिङ । धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । काठमाडाैंबाट धादिङका लागि छुटेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडाैं जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई थाक्रे गाउँपालिका ७ जुँगेखोलामा ठक्कर दिँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा कारका चालक तनहुँ खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतीय नागरिक विमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल र ५५ वर्षीय राकेश अग्रवालको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएका सबै कारमा सवार थिए । दुर्घटनामा घाइते भएका उनीहरूकाे उपचारका क्रममा चालक डिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अरूको ट्रमा सेन्टरमा ज्यान गएको हो ।

घाइते भएका धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार ट्रमा सेन्टर काठमाडाैंमा उपचार भइरहेको छ । उनी बसमा सवार थिए । दुर्घटनाको कारण खुलेको छैन् ।

प्रतिक्रिया