कास्कीमा गठबन्धन टुट्यो

पोखरा । कास्कीमा गठबन्धन नहुने भएको छ । आइतबार नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरेर ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने निर्णय गरेको हो । गठबन्धन नगर्ने निर्णय भएपछि कास्की कांग्रेस कार्यालयको ताला पाँच घण्टापछि खुलेको छ । कास्की कांग्रेसका पदाधिकारी तथा सदस्यलाई आइतबार दिउँसो २ बजेदेखि कांग्रेस कार्यकर्ताले कार्यालयमा नै थुनेका थिए ।

निर्णय नगरेसम्म ताला नखोल्ने चेतावनीपछि कास्की कांग्रेसले महानगरका ३३ वटै वडा र अन्य चार पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको हो । पोखरा महानगरको हकमा चाहिँ केन्द्रकै निर्णय लागु हुनेछ । आफ्नै नेतालाई थुनेपछि कास्की कांग्रेस कार्यालयमा प्रहरीसमेत तैनाथ गरिएको छ ।

प्रतिक्रिया