एमालेले टुंग्यायो ५ महानगर र १० उपमहानगरको उम्मेदवार (सुचिसहित)

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन ।

यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ । एमालेले ९ वटा उपमहानरको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बााकी छ । बाँकी उपमहानरमा प्रमुख र उपप्रमुख दुबै उम्मेदवार टुंगो लगाएको छ ।

महानगर
काठमाडौँः प्रमुख– केशव स्थापित
उपप्रमुख– सुनिता डंगोल
ललितपुरः प्रमुख– हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख– मञ्जली शाक्य बज्राचार्य
पोखराः प्रमुख– दीपक पौडेल
उपप्रमुख– मञ्जु देवी गुरुङ
भरतपुरः प्रमुख– विजय सुवेदी
वीरगञ्जः प्रमुख– विजय सरावगी
उपमहानगरपालिका
इटहरीः प्रमुख– यमकुमार सुब्बा र उपप्रमुख– संगीता चौधरी
धरानः प्रमुख– मञ्जु भण्डारी र उपप्रमुख पदम लिम्बु
हेटौंडाः प्रमुख– अनन्त पौडेल र उपप्रमुख सुमित्रा काफ्ले
कलैयाः प्रमुख विनोद साह
बुटवलः प्रमुख बाबुराम भट्टराई र उपप्रमुख सावित्रादेवी अर्याल
तुल्सीपुरः प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी
घोराहीः प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमा डीसी
नेपालगन्जः प्रमुख पशुपतिदयाल मिश्र र उपप्रमुख शान्तिदेवी ढकाल
धनगढीः प्रमुख रणबहादुर चन्द र उपप्रमुख चन्द्रकला राना थारु

प्रतिक्रिया