संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा ४१ जनाले दिए जवाफ

काठमाडौं । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धीको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा ४१ जनाले जवाफ दिएका छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइमा सर्वोच्चले विपक्षीहरूसँग लिखित जवाफ मागेको थियो ।  सोहीअनुसार अहिलेसम्म ४१ जनाले लिखित जवाफ पेस गरेका हुन् ।

ओली सरकारले गरेको संवैधानिक नियुक्तिका लागि बहुमतका आधारमा निर्णय गर्नसक्ने व्यवस्था र त्यसैका आधारमा भएका नियुक्ति खारेजीको माग गरेर रिट दायर भएको थियो ।

प्रतिक्रिया