काठमाडौंको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । मेयर पदका लागि पाँच जनाको सिफारिस गरिएको नगर सभापति नीलकाजी शाक्यले जानकारी दिए ।

महानगर कार्यसमितिको बैठकले महानगरपालिकाको मेयरका लागि नगरसभापति नीलकाजी शाक्य र सचिव सुशन वैद्यसहित हरिप्रभा खड्गी, सिर्जना सिंह र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । खड्की वर्तमान उपमेयर हुन् भने सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् । रञ्जित कांग्रेसको महानगर सभापतिका प्रत्यासी हुन् ।

प्रतिक्रिया