काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हरेक कार्यक्रममा मञ्चको अग्लो भागमा बस्छन् । तल बस्ने सबै उनले राम्रो बोले पनि नराम्रो बोले पनि कोहीले गाईगुई गर्न पाँउदैन । मानौ उनी कुनै पुराणका पण्डित हुन र तल बस्ने सबै उनका चेला हुन् ।
ओली एमाले अध्यक्ष भएपछि उनले हाँकेका संगठनमा चुनाव होईन छनौट हुन्छ । उनी देशका लोकतान्त्रवादी नेता त होलान् । तर विगत केही समयदेखि पार्टीभित्र भने उनी त्यस्ता होइनन् भन्ने विस्तारै प्रमाणित हुँदैछ । तर, ओलीको जस्तो पार्टी सत्तामा कुनै दिन पार्टीभित्र विद्रोह हुन्छ भन्ने उदहारण त्याँहा भित्र गुम्सिएका बिचारहरुले देखाउँदै छन् ।
यस्तै विद्रोको सुरुवात भएको छ बुधबार । ललितपुरको गोदावारीमा एउटा हलभित्र खचाखच थिए युवाहरु । यसैबीचमा हलमा प्रवेश गरे ओली । परर ताली पड्कियो । ओली जिन्दावादका नारा लागे ।
धन्न कसैले ओली महाराजकी जय भने भन्न भ्याएनन् । कार्यक्रम थियो – ‘युवासँग म’ । त्यो भीडमा धेरैले ओली मात्म्या गाए । तर, एक सहासिला युवा जुरुक्क उठेर ओलीलाई प्रश्न गरे– ‘मैले पार्टीको उम्मेदवार हुनका लागि टिकट पाँउन कति पैसा खर्च गर्नुपर्छ ?
रुपन्देहीका २० वर्षे युवा सरोज भट्टराईले नेपाली राजनीतिमा राजनीतिक दल र नेताहरुले चुनावमा टिकट वितरणमा हुने आर्थिक चलखेलसम्बन्धी यसरी प्रश्न गरेका छन् ।
ओलीलाई युवाहरुले शिक्षा, स्वास्थ्य, सञ्चार, न्याय खेलकुद, यातायात र राजनीतिका साथै विभिन्न समसामयिक विषयका समस्या समाधान गर्ने उपायबारे प्रश्न गरेका छन् । साथै, उनीहरुले राज्यले नागरिकमाथि गर्ने व्यवहारको व्यवहारमाथि पनि प्रश्न गरेका छन् ।
भट्टराइर्ले प्रश्न गर्दै ओलीलाई सोधे, ‘३५ वर्षमा प्रधानमन्त्री बन्ने मार्ग खुल्ला हुनेछ कि छैन ? न्यायाधीश बन्न पार्टीको झोला बोक्नुपर्छ कि पढ्नुपर्छ ? उनले भने, ‘म अहिले ३५ वर्षको भएँ, तपाई बसेको प्रधानमन्त्रीको कुर्सीमा बस्न चाहन्छु, के म पार्टीगत रुपमा जाँदा त्यो संभव होला ? कार्यक्रमको अन्तिममा सम्बोधन गरेको ओलीले उनको प्रश्नमा कुनै प्रतिक्रिया जनाएनन् ।
प्रतिक्रिया