काठमाडौं । स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठक साँझ पुन: बस्ने गरी स्थगित बताइएकाे छ ।
बेलुकासम्म सिट बाँडफाँडको टुंगो लगाउने गरी बैठक स्थगित भएको बताइएकाे छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेका छन् । तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ ।
प्रतिक्रिया