काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति पनि गठन गरेको थियो । शुक्रबार अधिकारीलाई सरकारले निलम्बन गरेको पत्र पठाएको छ ।
एक मन्त्रीकाअनुसार निजी क्षेत्रको प्रतिनिधिमण्डल आएर गभर्नर अधिकारीका कारण आर्थिक संकट गहिरिँदै गएको भनेर प्रधामन्त्री शेरबहादुर देउवासमक्ष गुनासो गरे, अर्थ मन्त्रालयको पनि आर्थिक संकट सिर्जना हुनुमा गभर्नरको कमजोरी रहेको निष्कर्ष अधिकारीलाई निलम्बन गर्ने हो । अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच लामो समयदेखि विभिन्न विषयमा मतभेद हुँदै आएको थियो ।
प्रतिक्रिया