एमालेले ‘५ हजार लेबी दिने ५ हजार अभियान’ चलाउने (अपानिसहित)

काठमाडौं । नेकपा (एमाले)मा उच्च आय भएका पाँच हजार नेताहरूले मासिक पाँच हजार लेबी बुझाउने भएका छन् । केन्द्रीय कमिटी बैठकले गरेको निर्णय समावेश गरेर अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सर्कुलरमा उक्त निर्णय भएको उल्लेख छ । पार्टीको दिगो आर्थिक स्रोतका लागि केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थान विभागको प्रस्तावमा ‘५ हजार लेबी दिने ५ हजार अभियान’ चलाउने निर्णय भएको बताइएको छ । योगदान गर्न इच्छुकको नामावली संकलन चैत महिनाको अन्त्यसम्म केन्द्रीय कार्यालयमा उपलब्ध गराउन पनि भनिएको छ ।

‘पार्टीको दिगो आर्थिक स्रोतका लागि विभाग प्रमुखले ‘५ हजार लेबी दिने ५ हजार जना अभियान’ (फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड अभियान) प्रस्ताव गर्नुभयो । एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरी नै अनलाइनमार्फत हरेक महिना रु ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यौँ,’ सर्कुलरमा भनिएको छ, ‘आ–आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्म केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिन्छ ।’

अपानि……………

 

प्रतिक्रिया