काठमाडाैं । आगामी स्थानीय तहको निर्वाचनमा प्रत्येक जिल्लामा चुनाव लड्ने दलको संख्या तय भएको छ । निर्वाचन आयोगले गरेको आह्वान अनुसार जिल्लास्तरमा चुनाव लड्ने प्रयोजनका लागि दर्ता भएका दलको संख्या टुंगो लागेको हो । आयोगले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्ने दलको संख्या भएको जनाएको छ ।
राष्ट्रिय मान्यता प्राप्तसँगै ७९ दलले आगामी निर्वाचनमा भाग लिँदै छन्। जसमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त र ७३ वटा अन्य दल छन् । उनीहरूलाई आफ्नो चिह्नमा चुनाव लड्न पाउनेछन् ।
दलहरूले दिनएको निवेदनअनुसार, फरकफरक जिल्लामा फरकफरक मत्रपत्र बन्ने भएको छ । केन्द्रमा दर्ता भएका ७९ दलमध्ये काठमाडौंमा सबैभन्दा बढी ४० दलले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै, सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा पाँच-पाँच दलले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया