रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्ल्पाको रोल्ल्पा नगरपालिकामा बनेको भ्यूटावरको सोमबार उद्घाटन गर्दै आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।
रोल्पाले ध्वंशमा मात्र होइन, निर्माण पनि गर्न सक्छ
साथै, उक्त कार्यक्रममा अध्यक्ष दाहालले रोल्पा ध्वंशमात्र होइनन निर्माण गर्न सक्ने बताएका छन् । प्रचण्डले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको बताए ।
उनले रोल्पा अशान्ति र ध्वंशमात्र नभइ विकास निर्माण पनि गर्न सक्ने बताए । ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ, यो भ्यूटावरसहितले देखाएको छ,’ प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस्, रोल्पा माओवादी युद्ध संग्राहलय बन्न सक्छ ।’
रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ ।
प्रतिक्रिया