पोखरा । न्यायिक समितिको आयोजनामा पोखरामा राष्ट्रिय सम्मेलन सुरु गरेको छ । सम्मेलनमा देशैभरिका २ सयभन्दा बढी समिति संयोजक सहभागी छन् । संविधानले स्थानीय तह उपप्रमुख/उपाध्यक्ष न्यायिक समितिको संयोजक हुने व्यवस्था गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी छिन् ।
सम्मेलनमा पोखरा न्यायिक समितिले गरेको न्यायिक सम्पादनको छोटो डकुमेन्ट्रीसमेत देखाइएको थियो । पोखरा न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले समितिको अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ ।
प्रतिक्रिया