काठमाडाैं । नेपाली विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समितिको अध्यक्ष मनोनित गरिएको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् । त्यस्तै, दरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई अध्यक्ष तोेकेका छन् ।
नेविसंघ र तरुण दलको केन्द्रीय अधिवेशन गर्नका लागि अध्यक्ष नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । मुख्य सचिव पौडेलद्वारा जारी विज्ञिप्तमा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार, उनीहरूलाई अध्यक्ष नियुक्त गरिएको उल्लेख छ ।
दुवै अध्यक्षलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महीनाभित्र केन्द्रीय अधिवेशन गर्न समय दिइएको छ । स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा तोकिएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका विषयमा कुनै निर्णय भएको छैन ।
प्रतिक्रिया