राष्ट्रपति भण्डारीद्वारा शर्मा भारतको लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकरप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा. शर्मालाई उक्त पदमा आज नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।

प्रतिक्रिया