एनआरएनएको एकता अधिवेशनका लागि वार्ता समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको १०औं महाधिवेशन समन्धमा उत्पन्न वर्तमान समस्यालाई समाधान गर्न दुवै पक्ष लचिलो भएका छन । एनआरएनएको १०औं महाधिवेशनका लागी दुवै पक्षले आ-आफ्नो तर्फबाट छुट्टा छुट्टै अधिवेशन घोषणा गरिसकेको अवस्थामा एनआरएनए प्रमुख संरक्षक शेष घलेले आफ्नो तर्फबाट एकताको आह्वान गर्दै वार्ता समिति गठन गरेका छन् ।

वार्ता समितिमा शनि कुमार ओली, बेद प्रसाद खरेल र दुर्गा आचार्य रहेका छन् । उक्त वार्ता समितिले सोमबार बेलुकासम्ममा अर्को पक्षसँग छलफल गरी सहमति गराएर एकता महाधिवेशन संयुक्त रुपमा गर्न पहल गराउने जिम्मा दिइएको छ । प्रमुख संरक्षक शेष घलेको उक्त निर्णयको स्वागत गरिएको छ ।

केही दिनदेखि प्रमुख संरक्षक घलेलाई एकताको विरोधीको आरोप लगाईएको थियो । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशन समन्धमा उत्पन्न वर्तमान समस्यालाई समाधान गर्न दुवै पक्षबीच १० औ महाधिवेशन सम्पन्न गर्न सहमति गर्न दुवै पक्ष सहमतिको नजिक पुगेको छ । एनआरएनएलाई फुटबाट बचाउन दुवै पक्ष लचिलो भएपछि एकताको सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया