राष्ट्रपतिद्वारा संसद्‌का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्ले गरेको सिफारिसानुसार राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रपति भण्डारीले चैत १ गते (मंगलबार) राति १२ बजेदेखि ‘लागू हुने गरी’ संसद्‌का दुवै अधिवेशन अन्त्य गरेकी हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मंसिर २८ गते चालु अधिवेशन शुरु भएको थियो । यो अधिवेशन अवधिभर प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गरिरह्यो । एमालेकै अवरोधका बीच संसद्‌को यही अधिवेशनबाट अमेरिकी अनुदान सम्झौता (एमसीसी) व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।

प्रतिक्रिया