काठमाडौं । सरकारले संघीय संसद् चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।
मंगलबार बसेको बैठकले मंगलबार मध्य राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेको थियो ।
प्रतिक्रिया