४९ वर्षका सांसदले १८ वर्षकी किशोरीसँग विवाह गरेपछि…

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का ४९ वर्षका नेता तथा सांसद आमिर लियाकत हुसैन आजकाल खुब चर्चामा आएका छन् । लियाकत हुसैनले ट्वीटरमा आफूले १८ वर्षकी सैयदा दानियासँग विवाह गरेको र यो उनको तेस्रो विवाह हो भनेर जानकारी दिएका थिए । यी दुईबीच करिब ३१ वर्षको अन्तर छ ।

लियाकत हुसैनको ट्वीटको ठिक एक दिन अघि उनकी दोस्री श्रीमती सैयदा तुबा अनवरले एक इन्स्टाग्राम पोस्टमा सम्बन्धविच्छेदबारे जानकारी दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘भारी मनले, म आफ्नो जीवनमा भएको परिवर्तन बारे जानकारी दिन चाहन्छु । मेरा परिवार र नजिकका साथीलाई थाहा छ कि १४ महिना अलग बसेपछि यो स्पष्ट भइसकेको थियो कि अब मिलापको कुनै आशा नै छैन र मैले अदालतबाट सम्बन्धविच्छेदको विकल्प छान्नुपर्यो । ’

तुबा अनवरले यसै पोस्टमा लेखेकी छिन्, ‘म भन्न सक्दिनँ कि यो कति मुश्किल रह्यो तर म भगवानलाई विश्वा गर्छु । म सबैलाई अपिल गर्छु कि मुश्किलले भरिएको यो समयमा मेरो निर्णयको सम्मान गरियोस् ।’ व्यावसायिक रुपमा टिभीकी प्रस्तोता, २८ वर्षकी तुबा अनवर र लियाकत हुसैनले सन् २०१८ मा विवाह गरेकी थिइन् । त्यतिबेला लियाकत हुसैनकी जेठी श्रीमतीले उनले फोनमा सम्बन्धविच्छेद दिएको बताएकी थिइन् ।

लियाकत हुसैनकी जेठी श्रीमती सैयदा बुशरा इकबालले त्यतिबेला इन्स्टाग्राम पोस्टमार्फत् उनका श्रीमानले दोस्री श्रीमतीको अगाडि फोनमा उनीसँग सम्बन्धविच्छेद गरेको बताएकी थिइन् । लियाकतले तुबाको निर्देशनमा यस्तो गरेको आरोप लगाएकी थिइन् । १० फेब्रुअरीमा नै आमिर लियाकत हुसैनले आफ्नी तेस्री श्रीमतीबारे जानकारी दिए । लियाकत हुसैनले उनले दक्षिण पंजाबको लोधरानमा बस्ने सआदत परिवारकी सैयदा दानिया शाहसँग विवाह गरेको जानकारी दिँदै उनको उमेर १८ वर्ष भएकोसमेत बताए । लियाकतले आफ्ना शुभचिन्तकसँग आशीर्वादको अपिल गरेका छन् ।

मान् श्रीमतीबीचको उमेर अन्तर ३१ वर्षको हुनु असामान्य हो । पाकिस्तानको कानूनले १८ वर्षको उमेरमा विवाहको अनुमति दिन्छ । तर हुसैनको विवाहले पाकिस्तानमा के कम उमेरमा बेहुलीलाई प्राथमिकता दिइन्छ ? र यो मुलुकमा यी सबै कुरा सामान्य हुन् भनेर प्रश्न निम्त्याएको छ ।

प्रतिक्रिया