‘मिदास इक्लास’ नयाँ रूपमा

काठमाडौं । मिदास एजुकेसनले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप सञ्चालनमा ल्याएको छ । जसले विद्यार्थीको सिकाइलाई सहज बनाउनुका साथै शिक्षणसिकाइ क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ । नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीलाई स्वाध्ययन गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठको एनिमेटेड भिडियो, पावर पोइन्ट प्रिजिन्टेसन, क्विज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ । विद्यार्थीले मिदास इक्लासमा भएका भिडियो आफूलाई मन लागेको बेला मुभी हेरेजस्तै रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रो पाठ सजिलोसँग बुझ्न सक्छन् ।

यसमा भएका क्विज तथा गेम विद्यार्थीले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन् । यसरी गेम खेल्दा सही जवाफ दिएबापत पोइन्ट र उपहार पनि पाउँछन्, जसले विद्यार्थीलाई स्वाध्यायन गर्न र बुझेर पढ्न प्रेरित गर्छ । विद्यार्थीहरूले पढ्दा केही जानेनन् भने वा होमेवर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा उनीहरूले जतिबेला पनि मिड्स एक्लस्सबाट शिक्षकसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् । विद्यार्थीलाई सिकाउन देशभरका सयौं दक्ष शिक्षक हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमो उपलब्ध रहने बताइएको छ । यसरी शिक्षक हरेक पल साथमा हुँदा विद्यार्थीलाई पढेको नबुझिएला, होमेवर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर हुँदैन ।

प्रतिक्रिया