यामाहाको मर्मत–सम्भार योजना

काठमाडौं । यामाहा नेपालले ग्राहकलाई निरन्तर सर्भिस लागत घटाउने र सुलभ शुल्कमा सर्भिस दिने अवधारणासहित वार्षिक मर्मत–सम्भार (एएमसी) योजना ल्याएको छ । यो योजना खरिदपश्चात् ग्राहकले ४ वटा सर्भिस, स्पेयर पार्ट्समा १० प्रतिशत छुट, यामाहा ल्युबमा ७ प्रतिशत छुट प्राप्त हुने कम्पनीले जनाएको छ । त्यस्तै, सबै प्रकारका लेबर चार्ज, इन्जेक्टर क्लिनिङमा ५०÷५० प्रतिशत छुटसहित तीनवटा वासिङ कुपन पनि प्राप्त हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया