मुक्तिनाथको ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरूको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकले मात्र १० हजारको न्यूनतम मौजदातमै बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७ं.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरूलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया