अफगानिस्तानी महिला अधिकारकर्मी वेपत्ता

काबुल । तालिवान अत्यन्त शान्तिसँग धम्काउन सक्छन् । २० वर्षको हिंसक संघर्ष र दसौँ हजार नागरिकको मृत्युपछि तालिबानले बल पूर्वक अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको छ । तर यसका बावजुद अफगानिस्तानका केही महिला डराउन छोडेका छन् । तमन्ना जरयाबी परयानी यस्तै महिला मध्येकी एक हुन् । हतियार लिएका मानिससँग डटेर खडा हुनु साहसको कुरा हो जसले तपाईंको जीवनको हरेक चिज जुन तपाईंले हासिल गर्नुभएको छ, त्यसमाथि खतरा पैदा गरिदिएका छन् ।

गत सप्ताहन्तमा तमन्ना जरयाबी ती दर्जनौँ महिलामा समावेश थिइन् जसले काम गर्न र शिक्षा हासिल गर्ने अधिकारका लागि तालिबानको बिरुद्धमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीमाथि तालिबान लडाकुले खुर्सानीको पाउडर छर्केका थिए । यस मध्ये केहीले आफूहरुलाई बिजुलीको झड्कासमेत दिएको बताएका छन् । आफ्नो आवाज उठाएपछि यी महिला घर फर्केका थिए । यीमध्ये कसैलाई कोही आफ्नो पछि लागेको आशंका थियो ।

बुधबार राती करिब १० बजे तमन्ना जरयाबीको अपहरणका लागि काबुलको परवान–२ इलाकामा रहेको फ्ल्याटमा हतियार सहितका लडाकु पुगे । त्यतिबेला उनी घरमै आफ्नो बहिनीसँगै थिइन् । यी लडाकुले उनको ढोकामा हिर्काउन सुरु गरे । सोशल मीडियामा भिडियो पोस्ट गर्दै तमन्नाले सहयोगका लागि गुहारिन्, ‘म घरमै आफ्नी बहिनीसँग छु । तालिवान यहाँ आएका छन् ।’ गुहार लगाउँदै उनी कराइन्, ‘तपाईंहरु अहिले यहाँ आउनुहोस् भन्ने हामी चाहन्नौँ, भोलि आउनु, अनि मात्रै हामी कुरा गर्नेछौँ ।’ भिडियो सकिनु भन्दा पहिले उनले भनिन्, ‘तपाईंहरु रातको यो समयमा यी केटीहरुसँग

भेट्न सक्नु हुृन्न । सहयोग गर्नुस्, तालिबान हाम्रो घरमै आइसके । ’ गत वर्षको १५ अगस्टमा अफगानिस्तानमा तालिबानले कब्जा गरेका थिए । महिलाका अनुसार तालिबान शासनमा उनीहरु आफ्नै घरमा कैद भएका छन् र आफ्नै घरमा पनि उनीहरु सुरक्षित छैनन् । अफगानिस्तानको संस्कारमा महिला भएको घरमा पस्न पाइँदैन यस्तो घरमा घुस्नु अफगानिस्तानको परम्पराको उल्लंघन हो । तर तालिबानले महिला प्रहरीलाई निकालिदिएका छन् र अब महिलासँग सोधपुछका लागि महिलाकर्मी छैनन् ।

छिमेकीका अनुसार तमन्ना र उनकी दुई बहिनीलाई लिएर गइसकिएको थियो र त्यति बेलादेखि कसैले पनि उनीहरुलाई देखेका छैनन् । हतियारले सुसज्जित मानिसले उनीहरुलाई लिएर गएका हुन् । उक्त प्रदर्शनमा संलग्न अन्य महिला पनि बेपत्ता छन् । परवाना इब्राहिमखेलको पनि कुनै अत्तोपत्तो छैन । तालिबानले भने यी महिलालाई हिरासतमा नलिएको बताएको छ ।

प्रतिक्रिया